‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’ आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो ।
नारासँगै र्यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।
यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब र्याली निकालेको हो ।
पोखराको सभागृहबाट शुरु भएको र्याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो ।
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियान पोखराका संयोजक विनय यादवले भने–‘स्वाधीन पोखरालाई ऋणमा दुबाएर बनाइएको विमानस्थल गलाको पासो बन्न नदिन सचेत पोखरेली जाग्नुपर्ने बेला भएको छ ।’
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष बढी भइसक्दा पनि नियमित सुचारु किन भएको छैन प्रश्न गर्दै उनले थपे– विमानस्थलको गत वर्षको आय जम्मा ४ करोड र सरकारले प्रत्येक महिना चाइनालाई व्याज मात्र १६ करोड तिर्नु यो गलाको पासो नभएर के हो ?
उनले भैरहवामा पोखरा भन्दा ठूलो एयरपोर्ट ८ अर्बमा सञ्चालनमा आउँदा पोखरामा भैरहवाको भन्दा सानो विमानस्थलका लागि २८ अर्ब लाग्नुमा ठूलो भ्रष्टाचार भएको ठहरसमेत गरे ।
संयोजक यादवले अभियानको यो सांकेतिक कार्यक्रम भएको बताउँदै विमानस्थल सञ्चालनमा सरकार यस्तै उदासिन रहे थप दबाबमुलक कार्यक्रमसमेत आयोजना गरिने बताए ।
अभियानका सदस्य सुनिल धामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि कालान्तरमा विमानस्थल यस्तै भइरहने र सरकारले तिर्नुपर्ने ऋणका कारण विमानस्थल नै पोखरेलीको अधिनमा नहुने हो कि भनेर खबरदारी गर्न आवश्यक रहेको बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो