पोखराको नयाँ बजारमा रहेको मित्रमिलन सहकारी संस्था ठगीको अनुसन्धानको दायरा फराकिलो बनाउन बचतकर्ताले माग गरेका छन् । उक्त माग सम्बोधनका लागि उनीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् ।
सहकारीका अध्यक्ष रमण पौडेल र उनकी श्रीमती सौजना अधिकारीले पदको दुरुपयोग गर्दै सहकारीकै रकमबाट जग्गा लिई ठगी गरेको आरोप उजुरीमा लगाइएको छ । ७० जनाभन्दा बढी बचतकर्ताको हस्ताक्षरसहितको उजुरी प्रहरीकहाँ परेको हो ।
‘ठगीमा समावेश हुँदा पनि निज सौजनालाई किन कानुनी दायरामा नल्याएको भन्ने विषयमा हाम्रो गम्भीर आपत्ति छ,’ आइतबार दिइएको उजुरीमा भनिएको छ, ‘रमण अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै उनकी श्रीमती सौजना अधिकारीको नाममा हामी सर्वसाधारणको बचत रकमबाट निजी सम्पत्ति जोडी एकल भोगचलन गरेको प्रमाण सहित पेस गरेका छौं ।’
उनले कास्कीकोटमा २०७७ साल माघ १८ गते सैजनाको नाममा २ कित्ता गरी १/१ रोपनी जमिन र बेगनासमा २०७८ असार ३१ गते साढे १२ रोपनी जमिन खरिद भएको लालपुर्जाको छायाकपीसमेत बचतकर्ताले उजुरीमा समावेश गरी बुझाएका छन् ।
कुनै आर्थिक स्रोत नभएतापनि सहकारीका बचतकर्ताको रकमबाट रमण पौडेल संस्थाको अध्यक्ष भइसकेपश्चात पोखरा ९ न्युरोडस्थित ब्रोकर नम्बर १४ बाट श्रीमती सौजना अधिकारीको नाममा २ करोड बढीको सेयर, रमणको नाममा ५ करोड बढीको सेयर र प्रबन्धक किरण अधिकारीको नाममा २ करोड बढीको सेयर खरिद गरेको पनि उजुरीमा उल्लेख छ ।
‘निजलाई पनि तुरुन्तै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न जोडदार माग गर्दछौं,’ उजुरीमा भनिएको छ, ‘संलग्न प्रमाणहरुका आधारमा हिनामिनामा संलग्न भएका भएका केही अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुलाई अनुसन्धानमा ल्याउन छुट भएकाले सोको जानकारीसहित यथाशीघ्र अन्य ३३ जना सरह नै अनुसन्धान गर्न हार्दिक अनुरोध गर्दछौं ।’
संस्थाको रकम हिनामिना गर्ने उद्देश्यले सहकारी ऐन २०७४ को दफा ४८ (२) विपरीत तेस्रो साधारण सभामा आफूहरू एउटै परिवारको नरहेको स्वघोषणा गर्दै एउटै परिवारका श्रीमान् रमण पौडेल सञ्चालक समितिको सचिव र उनकी श्रीमति सौजना अधिकारी लेखा समितिको सदस्यमा उम्मेदवारी दिएको पनि बचतकर्ताहरुले दिएको उजुरीमा उल्लेख छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएका ३३ जनामध्ये अध्यक्ष पौडेल, प्रबन्धक अधिकारीसहित ७ जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा छन् भने २ दर्जन बढी अझै फरार छन् ।
ऋणीले ऋण तिर्न नसक्दा धितो जमिन सहकारीकै सम्पत्तिको नाममा रुपान्तरण गर्नुको साटो व्यक्तिगत बनाएको उजुरीकर्ताको आरोप छ । त्यसरी नै ऋण तिर्न नसकेका ऋणीका जमिनको रोक्का राखेको आरोप पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि लागेको छ । पक्राउ पुर्जी जारी भएपछि उनी पनि फरार छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो