रास्वपा बागलुङ जैमिनीको सभापतिमा राजेन्द्र शर्मा चयन

रास्वपा बागलुङ जैमिनीको सभापतिमा राजेन्द्र शर्मा चयन

rajendra sharma

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङ जिल्ला जैमिनी नगरपालिकाको पहिलो भेलाले राजेन्द्र शर्मालाई सभापतिमा चयन गरेको छ ।

सोमबार सम्पन्न पार्टीको भेलाले शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ९ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो।

उपसभापतिमा रिना कुमारी थापा क्षेत्री, सचिवमा मात्रिका प्रसाद शर्मा, कोषाध्यक्षमा पूर्ण बहादुर मल्ल चयन भएका छन् । सदस्यहरू कृष्ण बहादुर हमाल, लेखनाथ शर्मा, ओम बहादुर थापा, प्रकाश शर्मा र निशा पुन चयन भएका छन्।

सल्लाहकारमा खड्क बहादुर सुनार र तर्क बहादुर उचाई रहेका छन् ।

पार्टीका गण्डकी प्रदेश उपसभापति मिनी शर्मा आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्षता जेष्ठ नागरिक दुर्गा दत्त पाध्याले गरेका थिए । कार्यक्रम संचालन क्षेत्रीय समिति संयोजक याम बहादुर थापाले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ