पोखरा, २३ साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो ।
केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्ष दीननाथ बराल, महासचिव रञ्जन अधिकारी, सचिव अर्जुन गिरी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, सुरज श्रेष्ठ, नारायण शाही, गीता राना, उमा आले र सुरेन सुशील छन् । विधान मस्यौदा समिति तथा दर्ताका लागि संयोजक विजय नेपाल रहेको समितिको सदस्यमा केशव पाठक र रञ्जन अधिकारी सदस्य थिए ।
मञ्चले अब गण्डकी प्रदेशमा स्थानीय अधिकारीको स्वीकृति लिई जिल्लास्तरीय शाखा तथा समन्वय शाखा कार्यालय समेत खोल्न सक्नेछ । विधानमा कार्यसमितिको कार्यकाल ३ वर्ष उल्लेख छ । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन गरिएको थियो ।
मञ्चमा ५५ जना पत्रकार आबद्ध छन् । मञ्चले तेस्रो संस्करणको पोखरा स्पोर्टस् अवार्ड सम्पन्न गरिसकेको छ । अबको अवार्ड प्रदेश स्तरीय बनाउने मञ्चले घोषणा गरिसकेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो