विवाह समारोहमा सहभागी महिलाको लेडिज व्याग चोरी गरी फरार भएका पोखराका युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलुकी ७ बजे पोखरा ३ नदिपुर स्थित शाक्य समाज घरमा विवाहको पार्टीमा आएकी काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको लेडिज ब्याग चोरेर फरार भएका पोखरा १६ बाटुलेचौर बस्ने ३५ वर्षीय सञ्जय श्रेष्ठ २ घण्टा नबित्दै पक्राउ परेका हुन् ।
स्टेजमा रहेको टेबुलमाथि राखिएको ब्याग श्रेष्ठले चोरी फरार भएका थिए । ब्यागभित्र सुनको टप, तिलहरी र १७ हजार रुपैंया रहेको थियो ।
चोरी भएको भन्ने सूचना पाएपछि तत्काल वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली घटनास्थलमा खटिई हुलियाबमोजिमको व्यक्तिलाई खोजतलास गर्दा नारायणथानमा फेला पारेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई खानतलासी गर्दा लेडिज ब्याग, १२ हजार ५ सय रुपैंया, सुन जस्तो पहेंलो धातुले बनेको दुई टुक्रा परेको तिलहरी, टप फेला परेको छ ।
ती सामाग्री बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको रेग्मीले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन