लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ । बाँकी घाइतेहरुको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् ।
निमित्त क्याम्पस प्रमुख खनालका अनुसार शनिबार दिउँसो साढे ११ बजे क्याम्पसमा अचानक विद्यार्थीहरुबीच हानाहान भएको थियो । त्यसक्रममा विद्यार्थीहरुले फलामे रड र क्रिकेटको ब्याट लगायतले एक अर्कालाई प्रहार गरेका थिए ।
विद्यार्थी मदन रिजाल (टाउकोमा चोट) र बेदान्त घिमिरे (देब्रे हात भाँचिएको) को गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विराज सुवेदी (छात्राबासको छतबाट फालिएका, नाकको हड्डी भाँचिएको) र टिकाराम ढकाल (नाक भाँचिएको) को चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको क्याम्पसले जनाएको छ ।
खनालका अनुसार नेविसंघ र अनेरास्ववियुमा विभाजित विद्यार्थीहरुबीच अचानक झडप भएको थियो । ‘घटना होस्टेलभित्रै भएको हो । केही विद्यार्थीहरुले बसिरहेकाहरुलाई समेत आक्रमण गरेको देखिएको छ,’ उनले भने ।
फागुन ८ देखि क्याम्पसमा बीएसएजीको कक्षा सञ्चालन हुँदैछ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको हुन सक्ने उनले बताए । घटनापछि क्याम्पसको छात्राबास खाली गराइएको छ भने सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ ।
अनेरास्ववियु केन्द्रीय समितिले लमजुङ कृषि क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघका जत्था प्रवेश गरी कोठा थुनेर आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै नेविसंघका विद्यार्थीहरुले विवस विक, टिकाराम ढकाल, विराज सुवेदी, मदन रिजाल, सुलभ बस्याल, सुशील पौडेल, सुरेशराज अवस्थी, दिपेश रोकाया, वेदनाथ घिमिरे, अर्जुन ढकाल, सागर अधिकारी, नारायण भुषाल, आशिष रानाभाट, सौगात ढकाल, विनोद थारु, गौरभ जोशी, भुषण अवस्थी, शंकर भण्डारी, अर्पण महत्रा, खगेन्द्र जोशी, सुजल अर्याल र सुरज घिमिरे गरी २२ जनामाथि माथि खुकुरी, रड प्रहार गरी घाइते बनाएको भन्दै खेद प्रकट गरेका छन् ।


सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ