पोखरा। कास्की प्रहरीले लेकसाइडमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका एक पेशेवर चोरलाई पक्राउ गरेको छ।
प्रहरीले लेकसाइडका विभिन्न ६ वटा पसलहरूमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएका पोखरा महानगरपालिका -१४ बस्ने २१ वर्षीय दिपेश परियारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लेकसाइडका विभिन्न पसलहरूमा चोरी भएको भन्ने सूचना पश्चात अनुसन्धानमा खटिएको प्रहरीको टोलीले परियारलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा चोरी गरेका केही सामानसहित पक्राउ गरेको हो।
उनले विभिन्न मितिमा लेकसाइडका ६ वटा क्याफे, बार तथा खाजाघर बाट नगद लगायतका सामानहरू चोरी गरेको र ६ वटै पसल चोरीमा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हाल उनीमाथि चोरी तथा डाँका कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस्तो छ परियारको श्रृङ्खलाबद्ध चोरीको घटना।
१. मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा रहेको पोखरा-४ बस्ने जाहेरवाला प्रतिक गुरुङले संचालन गरेको कपी बक्स क्याफेबाट नगद रु.१५,०००/-,४ बन्डल सुर्य चुरोट रु.१२,१००/-,रु.२०,०००/- पर्ने सामसुङ कम्पनिको ट्याबलेट थान-१,रु.४२,०००/- पर्ने १२ थान जिप्पो लाईटर, समेत जम्मा रु.८९,१००/- बराबरको धनमाल चोरी गरेको ।
२. मिति २०८०/१०/०१ गते बिहानको अ.०५.१५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड स्थितमा रहेको सुरेश भण्डारीले संचालन गरेको सोल ओरिजिन क्याफेबाट नगद रु.१०,०००/-,वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान-२,समेत जम्मा रु.८७,५२५/-बराबरको धनमाल चोरी गरेको ।
३. मिति २०८०/१०/१३ गते रातको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ सेन्टर प्वाईन्ट स्थितमा रहेको रेष्ट्रो लंज बार भित्रबाट नगद रु.३५,०००/-,सुर्य चुरोट मसेत जम्मा रु.३५,९६०/- बराबरको धनमाल चोरी गरेको ।
४. मिति २०८०/१०/१६ गते बिहानको अ.०४.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा रहेको बिनोद मल्लले संचालन गरेको एलिज क्याफेबाट नगद रु.२,०००/-रु.१०,०००/-पर्ने गितार थान-१,सुर्य चुरोट समेत जम्मा रु.१२,६६०/-बराबरको धनमाल चोरी गरेको ।
५. मिति २०८०/१०/१६ गते बिहनाको अ.०३.५० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड फुटट्याकमा रहेको केशब नेपालीले संचालन गरेको सोप्निल दरबार खाजाघरको भित्रबाट नगद रु.२,०००/-रु.६९९०/-पर्ने रेड लेबन,रु.८८००/-पर्ने ब्यालेक लेबन रक्सी थान-१,रु.२४४०/- पर्ने सिक्नेचर रक्सी थान-१,रु.४५४०/- पर्ने ओल्ड दरबार रक्सी, सुर्य चुरोट समेत जम्मा रु.२७,२८०/- बराबरको धनमाल चोरी गरेको ।
६. मिति २०८०/१०/१६ गते बिहानको अ.०४.३० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा बुद्ध गुरुङले संचालन गरेको टोनिक लंज एण्ड बारबाट नगद रु.१३,०००/-खुकुरी रम,सुर्य चुरोट समेत जम्मा रु.१९,१६०/-बराबरको धनमाल चोरी गरेको ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ