पोखरा । मित्र मिलन सहकारी ठगीका आरोपित हरेराम भण्डारीलाई आज सोमबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ । अदालतमा आफैं उपस्थित भएका भण्डारीलाई ७ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
श्रेस्तेदार रुद्रप्रसाद अर्यालका अनुसार न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले ७ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
कस्की अदालतले यस अघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख) र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई (१२लाख) धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
मित्र मिलन सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना गरिएको भन्दै ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १० जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ४ जना धरौटीमा छुटेका छन् भने बाँकी ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
यसरी कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
सम्बन्धित समाचारः
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन