पोखरा । नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी बिहीबार सम्पन्न भएको छ ।
कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय भिम कार्कीले उद्घाटन गरेका थिए भने भूमिअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय महासचिव इन्द्रबहादुर तामाङ, नेकपा एमाले प्रदेश कमिटि सदस्य जगन कुमारी गुरुङ, संगठनका प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद अधिकारी, पार्टीका कास्की जिल्ला उपाध्यक्ष तेज नाराणय अधिकारी र सचिव वैन बहादुर क्षेत्री, गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङ र अनेमसंघ कास्कीका अध्यक्ष गिता विश्वकर्मालगाएतले बोलेका थिए ।
कमिटिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अग्नि प्रसाद तिवारी र संचालन हेममाया तामाङले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’