पोखरा । नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी बिहीबार सम्पन्न भएको छ ।
कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय भिम कार्कीले उद्घाटन गरेका थिए भने भूमिअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय महासचिव इन्द्रबहादुर तामाङ, नेकपा एमाले प्रदेश कमिटि सदस्य जगन कुमारी गुरुङ, संगठनका प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद अधिकारी, पार्टीका कास्की जिल्ला उपाध्यक्ष तेज नाराणय अधिकारी र सचिव वैन बहादुर क्षेत्री, गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङ र अनेमसंघ कास्कीका अध्यक्ष गिता विश्वकर्मालगाएतले बोलेका थिए ।
कमिटिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अग्नि प्रसाद तिवारी र संचालन हेममाया तामाङले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो