नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघका नेता सतिश बास्तोलासहित ३ जना विभिन्न सरकारी कार्यालय, संघ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जंगली जनावरको सिंङ सहित पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरकारी कागजपत्र बनाउने प्रिन्ट संचालक र प्रयोग गर्ने कन्सल्टेन्सी मालिक पनि छन् ।
उनीहरू पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँबजार बस्ने २८ वर्षीय नेवि संघका सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ हुन् । तीनै जना सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने अनुमान छ ।
बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्व सभापति एवं नेवि संघ फोर्सका निवर्तमान सभापति हुन् । अस्ति फागुन १ गतेमात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो । ढिला गरी नाम सार्वजनिक गरेको प्रहरीले नाम सलिश बास्तोला उल्लेख गरेको छ ।
पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
समाचार स्रोतहरुले जनाए अनुसार गाँजा सेवन गर्ने युवाहरुलाई लखेट्दै गएको प्रहरी ब्लू होम डेकोर नामक पसलमा छिरेपछि सोधीखोजी गर्दै जाँदा उक्त घरेलु सजावटका बिक्री गर्ने उक्त डेकोरमा छापहरु तथा जरायोको सिङ लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो ।
सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा परेका नेविसंघ नेता बास्तोलाले अनुसन्धानका क्रममा ती अबैध कागजपत्रहरु पोखराको नयाँबजारमा रहेको फाइन डिजाइन अफ प्रिन्टमा बनेको खुलाए पछि प्रहरीले उक्त प्रिन्टका संचालक विवेक श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा ती सरकारी कागजपत्रहरु पोखराको चिप्लेढुंगामा संचालित जी.डी.एस. कन्सल्टेन्सीका सञ्चालक पुरनचौर नै घर भएका २५ वर्षीय सुजन गिरीका लागि बनाइएको खुलेपछि प्रहरीले गिरी समेतलाई पक्राउ गरी अनुसन्धान चलाएको हो ।
salis bastola
थप सूचनाका आधारमा अद्यावधिक गरिएको । सं.
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परिचय खोल्दै बलेविरूद्ध संगम बिष्टको आक्रामक स्टाटसः ‘कत्थक नाच्थेँ, अब ताण्डव गर्छु’
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
डिजिटल हिंसामा परेपछि अमिशा पुगिन् साइबर ब्युरो
चल्ती जीपमै बालिकामाथि दुर्व्यवहार, चालक पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा