पोखरा । शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरविद्यालय स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उपाधि जितेको छ ।
पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटबल खेल मैदानमा भएको फाइनल खेलमा टाईब्रेकरमा ५—४ को गोल अन्तरले शान्ति निकुन्जले बालोदय बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो ।
२५/२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक/एक गोलले खेल बराबरीमा टुंगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा बालोदयका सुविन सारु मगरले प्रहार गरेको वल शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङले उत्कृष्ट बचाउ गर्दा शान्ति निकुन्जले जित हासिल गर्न सफल भएको हो । निर्धारित समयमा बालोदयका आविष्कार सुनार र शान्ति निकुञ्जका ईन्द्रबहादुर बिकेले गोल गरेका हुन् । खेलमा शान्ति निकुन्जका गोलरक्षक आसिक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
शान्ति निकुन्जका प्रशन्न थापा, विश्वास गुरुङ, इन्द्रबहादुर बि.क., रुपक गाहा र आयुष गुरुङले पेनाल्टी सुटमा गोल गरे । बालोदयका अंकित केसी, श्रीजल मल्ल, संगम गुरुङ र अग्रिम पोडेलले पेनाल्टी सुटमा गोल गरेका हुन ।
तेश्रो स्थानको लागि भएको खेलमा गत बर्षको विजेता छोरेपाटन माविले सडेन डेथमा फिस्टेल एकेडेमी माथि जित हासिल गरेको हो । निर्धारित र टाईब्रेकरमा दुबै तर्फ बराबरीमा पुगे पछि खेल ७—६ को टाइब्रेकरको सडेन डेथमा निर्णय भएको हो ।
यसैबीच, पोखरा १७ का जनप्रतिनिधि तथा कर्मचारी र आयोजक ड्याम साइड क्लवको भेट्रान्स टीम बिचको मैत्रीपूर्ण फुटवल १–१ ले खेल बराबरीमा टुंगिएको छ । प्रतियोगितामा उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिम फिस्टेल एकेडेमीले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गरेको महासचिव राकेश श्रेष्ठले बताए ।
प्रतियोगितामा शान्ति निकुञ्जका प्रसन्न थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डरमा बालोदयका सुविन्द्र मगर, मिडफिल्डरमा शान्ति निकुञ्जका ईन्द्रबहादुर बि. के., फरवार्डमा शान्ति निकुञ्जका विश्वाश गुरुङ, शान्ति निकुन्जकै गोलरक्षकमा आसिक गुरुङ, उत्कृष्ट प्रशिक्षकमा प्रमेन्द्र थापा घोषित भए ।
प्रतियोगितामा समान ४/४ गोल गरेका छोरेपाटन मा. बि. का भिमबहादुर जर्गा, शिशु कल्याण स्कुलका सोहन आले पुरस्कृत भए । प्रतियोगितामा शिशु निकेतन बोर्डिङ स्कुल अनुशासित टोली घोषित भयो । सबै विधाका विजेताहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाही योगी, गण्डकी प्रदेश प्रहरी गणका प्रहरी निरिक्षक सोमदास ढकाल, प्रहरी नायव निरिक्षक रुद्रप्रसाद अधिकारी, एन्फा कास्कीका अध्यक्ष उज्जल रञ्जित, सहारा क्लवका अध्यक्ष केशवराज बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, वडा सदस्य बिक्रम गुरुङ, तारा सेवा परियार, वडा सचिव मन्जु ढुंगाना, क्लवका अध्यक्ष प्रताप गुरुङ, सल्लाहकार कल्पना श्रेष्ठ, पूर्व अध्यक्ष पदम ढकाल, क्लवका जापान संयोजक रमेश गुरूङ, ड्याम साइड टोल विकास संस्थाका अध्यक्ष शोभा श्रेष्ठ फुलचुक क्लका अध्यक्ष सुरज खवास, फुलचोक टोल विकास संस्थाका अध्यक्ष गुरुदक्त रेग्मी, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका अध्यक्ष आत्म तुलाचन, लगायतले पुरस्कार वितरण गरे ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा उक्त प्रतियोगिता भएको हो । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष प्रताप गुरुङले बताए । प्रतियोगितामा सामुदायिक तथा निजी गरी १९ बिद्यालयहरुको सहभागिता रहेको क्लवका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले जनाए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन