मित्र मिलन सहकारी ठगीको आरोपमा फरार भएका सुरेशकुमार श्रेष्ठलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले ७ लाख धरौटीमा श्रेष्ठलाई बुधबार रिहा गर्ने आदेश दिएका हुन् । धरौटी रकम बुझाएर बुधबार नै श्रेष्ठ रिहा भएका छन् ।
आफैं अदालतमा हाजिर भएका लेखा समितिका सदस्य जनकराज पौडेल भने बुधबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई ठ्याक्कै २ महिनाअघि माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिए । ईजलास नं. ४ मा माघ २ गते भएको आदेश अनुसार
मित्र मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र सदस्य जनकराज पौडेलका विषयमा गरिएको निर्णय शंकास्पद देखिएको छ । संयोजक अधिकारीलाई किन धरौटीमा छोडियो ? यदि एउटै आरोप लागेका सदस्य पुर्पक्षका लागि कारागार चलान भईरहँदा संयोजक अधिकारीले कसरी उन्मुक्ति पाए ? पीडित बचतकर्ताहरुले यतिबेला आक्रोश पोख्दैं न्यायालयको निर्णयप्रति नैं आशंका व्यक्त गरेका छन् ।
लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई यहीं माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौंटीमा रिहा गर्ने आदेश दिएका थिए । लेखा समितिका संयोजक अधिकारी र सदस्य पौडेललाई सरकारी वकिलको कार्यालय, प्रहरी अनुसन्धान र वित्तीय छानबिनका क्रममा एकै खालको आरोप र कारवाहीको माग गरिएको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ११ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ४ जना धरौटीमा छुटिसकेका थिए भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२लाख), हरेराम भण्डारी (७ लाख) लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
सम्बन्धित समाचारः
आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’