मित्र मिलन सहकारी ठगीको आरोपमा फरार भएका सुरेशकुमार श्रेष्ठलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले ७ लाख धरौटीमा श्रेष्ठलाई बुधबार रिहा गर्ने आदेश दिएका हुन् । धरौटी रकम बुझाएर बुधबार नै श्रेष्ठ रिहा भएका छन् ।
आफैं अदालतमा हाजिर भएका लेखा समितिका सदस्य जनकराज पौडेल भने बुधबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई ठ्याक्कै २ महिनाअघि माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिए । ईजलास नं. ४ मा माघ २ गते भएको आदेश अनुसार
मित्र मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र सदस्य जनकराज पौडेलका विषयमा गरिएको निर्णय शंकास्पद देखिएको छ । संयोजक अधिकारीलाई किन धरौटीमा छोडियो ? यदि एउटै आरोप लागेका सदस्य पुर्पक्षका लागि कारागार चलान भईरहँदा संयोजक अधिकारीले कसरी उन्मुक्ति पाए ? पीडित बचतकर्ताहरुले यतिबेला आक्रोश पोख्दैं न्यायालयको निर्णयप्रति नैं आशंका व्यक्त गरेका छन् ।
लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई यहीं माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौंटीमा रिहा गर्ने आदेश दिएका थिए । लेखा समितिका संयोजक अधिकारी र सदस्य पौडेललाई सरकारी वकिलको कार्यालय, प्रहरी अनुसन्धान र वित्तीय छानबिनका क्रममा एकै खालको आरोप र कारवाहीको माग गरिएको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ११ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ४ जना धरौटीमा छुटिसकेका थिए भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२लाख), हरेराम भण्डारी (७ लाख) लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
सम्बन्धित समाचारः
आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?