श्रीमान् परस्त्रीसँग लागेको भन्दै पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँ बस्ने घाइते २८ वर्षीया माया रम्तेलको मृत्यु भएको हो ।
छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने मायाको बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
फागुन ४ गते राति ८ : ३० बजे मायाले घरायसी समस्याका कारण छोरी वर्षालाई शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् ।
आफ्नो शरीरमा आगो लगाएको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते थप उपचारका लागि लाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।
घटनास्थलनजिकै सुसाइड नोट फेला परेको र त्यस नोटमा श्रीमान् राजन विक अन्य महिलासँग सम्बन्धमा रहेका कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ । राजनलाई घटना भएकै दिन नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन