तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक मृतक ईश्वरी श्रेष्ठका दोस्रो श्रीमान भएको खुलेको छ ।
उनले श्रीमति ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी ८ वर्षकी अनिशा र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरी आफू जंगलमा गएर झुण्डेर आत्महत्या गरेका थिए । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने महिलाको पहिलो पट्टीका श्रीमानतर्फकी नातिनी भएको खुलेको हो ।
नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।
पहिलो श्रीमानबाट जन्मिएका छोरा अनिल विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी इश्वरीसँगै बस्दै आएका थिए । अरु दिनझैं आज बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् ।
राजु र ईश्वरीको १५ वर्षका छोरा अनिश पनि छन् । राजुले अनिशलाई भने १०० रुपैयाँ दिएर मिठाई किन्न पसल पठाएका थिए । छोरा जोगाएर श्रीमति र २ बर्षीया नाबालिकाको हत्या गरे ।
पसलबाट छोरो फर्किसक्दा राजुले परिवार सिध्याइसकेका थिए । छोरालाई मैले मारिदिएँ अब मर्छु भिडियाे खिचेर त्यसका छाेरालाई पठाइदे भन्दै हातमा कपडाको डोरी लिएर जंगलतिर गएको खुलेको छ ।
मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् ।
छाेरालाई खिच्न लगाएको भिडियाेमा भनेका छन्ः ‘तिमीहरू गरेर खाउ, माफ गर्देउ, भाग्य अनुसार मैले गरेँ । ममी जस्ता भएर नहिँडेस् । चितवनका केटालाई छाड्ने हैन ।’ श्रीमति ईश्वरी र चितवनका केटाबीच सम्बन्ध रहेको जिकिर उनले गरेका छन् ।
उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । ‘मैले….लाई कागज पत्र दिइसकेको छु, सुन दराजमा छ’, भिडियोमा उनले भनेका छन्, ‘मलाई माफ गर्नू ।’
विदेशमा रहेका अनिल (श्रीमतीको पहिलो पतितर्फ छोरा ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।
गत वर्षसम्म होटल व्यवसाय गरेकी श्रीमती ईश्वरीमाथि अनेक लान्छना लगाएर काजीले झगडा गर्ने गरेका थिए ।
हालसालै ईश्वरीले स्थानीय एक युवकविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी दिएकी थिइन् । आरोपित युवक १ फागुनमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यही विषयलाई लिएर मंगलबार झगडा भएको थियो ।
काजीले ज्यामी काम गर्ने तथा अनुसन्धानका क्रममा श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिने मृत शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको छ । प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।
बिहान करिब ९ बजेतिर ईश्वरी, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै ससुरालीमा सालीलाई फोन गरेको पाइएको छ ।
त्यसपछि सालीले गलत काम नगर्न सम्झाएकी थिइन् । ‘अरु कुरा छोड्देऊ, अनिशको राम्रो रेखदेख गरिदेऊ’, उनले भनेका छन् ।
छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
त्यहीबीचमा नागर्जुन जंगल छेऊ घर भएकी सुधा तामाङले ११ः१२ बजे प्रहरी कन्ट्रोल १०० मा फोन गरे एक जना मान्छे झुण्डिरहेको अवस्थामा फेला परेको बताइन् । ‘फोटो जुधाउँदा त्यो काजीको शव भएको देखियो’, प्रहरी स्रोतले भन्यो ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो