पोखरा । साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक ६० प्लस उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ ।
पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा यही फागुनको १२ गते शनिबार उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताए । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।
प्रतियोगितामा उपविजेताको जोडीले २० हजार र तेश्रो हुने दुई जोडीको टिमलाई समान १०÷१० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको प्रतियोगिताका संयोजक श्यामकृष्ण श्रेष्ठले बताए । प्रतियोगितामा ५० प्रतिशत जसो पोखरा क्षेत्रका र ५० प्रतिशत जसो काठमाण्डौं, चितवन, स्याङजा, भैरहवा, धार्दिङ लगायतका क्षेत्रबाट सहभागि हुने क्लबले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, खेलकुद नै जीवन हो, खेल खेली स्वस्थ रहौं” भन्ने नाराका साथ व्याडमिन्टन खेलको प्रवर्द्धन गर्न आफूहरु एक जुट भएको क्लबका सल्लाहकार माधव पहारीले बताए ।
पोखरा खेलकुदको राजधानी शहरको रुपमा विकसित हुँदै गदाँ थप आकर्षणको लागि र खेल विकासको लागि ६०’ बुढा तन्नेरी ब्याडमिन्टन क्लबले राष्ट्रिय रुपमा ६०’ को मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गर्न लागेको सो प्रतियोगिताले पोखरा शहरमा थप इतिहास रच्ने भएको अध्यक्ष घलेले दाबी गरे ।
यस खेलको माध्यमबाट एक आपसमा भाइचाराको वृद्धि भई मित्रभाव सद्भाव बढाउने क्लवले विश्वास लिएको छ । क्लबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिसकेका खेलाडीहरु पनि सदस्य भएकोले व्याडमिन्टन खेलको विकासमा आफुहरु कटिवद्ध भएको सचिव दुर्गा बहादुर गुरुङले बताए ।
बुढा तन्नेरी क्लबमा आजीवन २३ र साधारण ७ जना गरी ३० जना सदस्य रहनु भएको उनले जनाए । जिल्ला बाहिरका खेलाडीहरुलाई एक दिनको आवासिय सुविधा हुने भएको छ । पोखरा अल्पाइन एण्ड स्प्रीङ होटल प्रतियोगितामा होटल पाट्नरको रुपमा रहेको सदस्य चन्द्रकाजी गुरुङले बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ