पोखरा । साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक ६० प्लस उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ ।
पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा यही फागुनको १२ गते शनिबार उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताए । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।
प्रतियोगितामा उपविजेताको जोडीले २० हजार र तेश्रो हुने दुई जोडीको टिमलाई समान १०÷१० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको प्रतियोगिताका संयोजक श्यामकृष्ण श्रेष्ठले बताए । प्रतियोगितामा ५० प्रतिशत जसो पोखरा क्षेत्रका र ५० प्रतिशत जसो काठमाण्डौं, चितवन, स्याङजा, भैरहवा, धार्दिङ लगायतका क्षेत्रबाट सहभागि हुने क्लबले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, खेलकुद नै जीवन हो, खेल खेली स्वस्थ रहौं” भन्ने नाराका साथ व्याडमिन्टन खेलको प्रवर्द्धन गर्न आफूहरु एक जुट भएको क्लबका सल्लाहकार माधव पहारीले बताए ।
पोखरा खेलकुदको राजधानी शहरको रुपमा विकसित हुँदै गदाँ थप आकर्षणको लागि र खेल विकासको लागि ६०’ बुढा तन्नेरी ब्याडमिन्टन क्लबले राष्ट्रिय रुपमा ६०’ को मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गर्न लागेको सो प्रतियोगिताले पोखरा शहरमा थप इतिहास रच्ने भएको अध्यक्ष घलेले दाबी गरे ।
यस खेलको माध्यमबाट एक आपसमा भाइचाराको वृद्धि भई मित्रभाव सद्भाव बढाउने क्लवले विश्वास लिएको छ । क्लबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिसकेका खेलाडीहरु पनि सदस्य भएकोले व्याडमिन्टन खेलको विकासमा आफुहरु कटिवद्ध भएको सचिव दुर्गा बहादुर गुरुङले बताए ।
बुढा तन्नेरी क्लबमा आजीवन २३ र साधारण ७ जना गरी ३० जना सदस्य रहनु भएको उनले जनाए । जिल्ला बाहिरका खेलाडीहरुलाई एक दिनको आवासिय सुविधा हुने भएको छ । पोखरा अल्पाइन एण्ड स्प्रीङ होटल प्रतियोगितामा होटल पाट्नरको रुपमा रहेको सदस्य चन्द्रकाजी गुरुङले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर