काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सूर्य थापाले ‘रुसी सेनामा गएका नेपालीको सरकारले उद्धार गर्न सक्छ कि सक्दैन ?’ भनी प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा गएका आफ्नो निर्वाचन क्षेत्रका एकजनाको मृत्यु र एक बेपत्ता रहेको उल्लेख गरे । उनले ‘सरकारले आफ्ना नागरिकका विषयमा किन जानकारी नराखेको ?’ भन्दै प्रश्न गरे ।
“रुसी सेनाका विषयमा सरकार बेखबर छ । मृत्यु भएकाहरूका विषयमा जानकारी माग्दा सरकारले जानकारी समेत दिन सकेको छैन । मेरो जिल्ला र निर्वाचन क्षेत्र प्युठानको काठेबरका सोमेस सुनार २०८० कात्तिकको पहिलो साता वैदेशिक रोजगारीमा कतारमा कार्यरत रहेकै बेला रुसी सेनामा पुगेका कुरा पछि मात्रै थाहा भयो । दुई महिनापछि उनका घाइते साथीमार्फत युद्धमा मृत्यु भएको थाहा भयो,” थापाले भने, “आज मात्रै स्वर्गद्वारीका लालबहादुर घर्तीमगरको अवस्था दुई महिनादेखि अज्ञात रहेको जानकारी आयो । उहाँ जीवितै हो वा युद्धमा मृत्यु भयो, खोजी गरी जानकारी गराउन कामका निम्ति सरकारको ध्यानाकर्षण गराउँछु ।”
यही फागुन ८ गते सोमेसका पितासहितले परराष्ट्र मन्त्रालयको कानुन शाखा गई निवेदन दिएको भए पनि अझै उनको अवस्थाबारे जानकारी नगराइएको उनले बताए । सरकारले आफ्ना नागरिकको जानकारी दिने जिम्मेवारी पनि निर्वाह नगरेको उनको भनाइ छ ।
“सोमेस र लालबहादुरजस्ता १२ जना बढीले ज्यान गुमाउँदा सरकारले उनीहरूको अवस्था जानकारी गराउन नसकेको लाजमर्दो अवस्था छ । यो देशमा सरकार छ कि छैन ? परराष्ट्र मन्त्रालय छ कि छैन ?,” थापाले प्रश्न गरे ।
नेपालले भारत र बेलायतबाहेक अरू राष्ट्रसँग सैन्य भर्ना गर्ने सहमति नगरेको उनले उल्लेख गरे । उनले परराष्ट्र नीतिअनुरूप काम समेत नभएको बताए । “बेलायत र भारतमा बाहेक सेना भर्ना गर्ने त्रिपक्षीय सम्झौता भएको छैन । सञ्चारमाध्यमबाट फ्रान्स र अमेरिकाको सेनामा पनि भर्ना भएको भन्ने सुनिँदै छ,” उनले भने, “अनाक्रमण, अहस्तक्षेप र असंलग्नताको हाम्रो अन्तर्राष्ट्रिय नीतिका विषयमा सरकार किन बोल्न सक्दैन ? परराष्ट्र किन बोल्दैन ? किन मौन छ ?”
उनले परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दा रुसी पक्षले मृत्यु भएकालाई क्षतिपूर्ति दिने अनौपचारिक स्रोतबाट थाहा पाएको बताएको बैठकमा सुनाए । “औपचारिक रूपमा कहिले थाहा हुन्छ ? क्षतिपूर्ति दियो भने सेनामा भर्ना रोक्न सरकारले सक्छ कि सक्दैन ?,” सांसद थापाले प्रश्न गरे ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु