पोखरा । ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो ।
लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो।
यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्यो ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद रु १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए ।
प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन कुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
गत फागुन १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ