गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक लगानीमा बन्न लागेको प्यारापिटमा दुई हजार दर्शक अटाउने क्षमता छ । परिषद्ले यही आर्थिक वर्षको बजेटबाट मैदानको एक छेउमा सानो प्यारापिट बनाउने योजना बनाएको छ ।
आगामी वर्ष ठूलो रकम बिनियोजन गरेर पूरा मैदान घेर्ने परिषद्को योजना छ । पूरा मैदान प्यारापिटबाट घेरिएपछि यसमा २५ हजारभन्दा बढि दर्शक अटाउने बताइएको छ ।
पोखरा क्रिकेट रंगशालामा सुविधासम्पन्न प्यारापिट र पभेलियनहरु बनेपछि क्रिकेट सँगसँगै नेपालको खेल पर्यटन र खेलकुदको व्यवसायीकतामै निक्कै महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिइएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पछिल्लो वर्षको बजेटले हाल भिआइपी सेक्टरको निमार्ण भइरहेको बताउँछन् ।
‘पछिल्लो वर्षको २ करोड बजेटबाट अहिले प्यापिट बन्दैछ । अहिले बनिरहेको भिआइपी सेक्टर हो । मास्टर प्लानअनुसार नयाँ मोडलबाट यसको निमार्ण भइरहेको छ । अहिलेलाई प्लेयर बक्स, मिडिया क्षेत्र, अम्पायर बक्स बनाउन सक्यौ भने पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिन्छ भन्ने छ,’ अध्यक्ष सिग्देलले भने, ‘साधारण प्यारपिट र अन्य संरचना बिस्तारै बन्दै गर्छन् । नेपाल क्रिकेट संघ ( क्यान) ले पनि सहयोग गर्ने बाचा गरेको छ ।’
खेलाडी डटकमबाट ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प