गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा वडा नं. १३ कार्यालयले लायन्स र लियो क्लब अफ पोखरा सेन्टेनियलको सहकार्यमा शुक्रबार एक दिने जब फेयर कार्यक्रम आयोजना गयो । फेयरको करिब २ हजारले अवलोकन भ्रमण गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
स्थानीय युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयरलाई माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले उद्घाटन गरे ।
उनले जब फेयर कार्यक्रम राखेर वडाले सराहनीय काम गरेको बताए ।
‘जब फेयरको आयोजना गरेर वडाले सराहनीय काम गरेको छ । यस कार्यक्रम मार्फत स्थानीय नागरिकलाई रोजगारी मिल्न सहज हुनेछ ।’– उनले भने ।
पछिल्लो समय युवाहरु १२ पढ्ने बित्तिकै विदेश जाने गरेको र देशमा आवश्यक दक्ष जनशक्ति हराउँदै गएको अवस्थामा जब फेयर जस्ता कार्यक्रम मार्फत् देशमा नै केही गर्न सकिनु सन्देश प्रवाह गर्ने उनको धारणा छ ।
वडाध्यक्ष किरण बरालले वडामा रहेका कोहिपनि युवाहरु बेरोजगार नहुन् भन्दै जब फेयरको अवधारणालाई अगाडि सारेको बताए । जब फेयरमा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थीदेखि स्थानीयले अवलोकन गरेका थिए ।
जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफूले तयार पारेको सामाग्री प्रदर्शन गरेका थिए । यस्तै, वडामा नै उत्पादन गरिएको उत्पादित वस्तुहरुलाई प्रदर्शन गरिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जबका लागि परामर्श दिइएको थियो ।
वडाध्यक्ष बरालले आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उनले उल्लेख गरे ।
वडा सदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रमलाई वडाका सचिव अञ्जु गुरुङले संचालन गरेकी थिइन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’