रातको समय । पर्यटकीय क्षेत्र लेकसाइड । जहाँ नजिकै वडा प्रहरी कार्यालय बैदाम पनि छ । रेडियो सेट (वाकिटाकी) बोकेर दुई जना लेकसाइडमा हल्ला गर्दै हिँडे। प्रहरीको ठूलै व्यक्ति हौं भन्दै स्थानीयलाई प्रहरीको रवाफ दिदैं आतंक मच्चाए।
त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ती दुईलाई नियन्त्रणमा लिए ।
प्रहरी भन्दै हल्ला गर्दै हिँडेका पोखरा महानगरपालिका–६ शान्तिनगरचोक बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका–७ घर भइ पोखराको फुलबारी बस्दै आएका २१ वर्षीय विकेक ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए।
ठाकुरको साथबाट एक थान वाकिटाकी बरामद गरिएको छ । सुरुमा प्रहरीले सम्झाउन खोजेपनि उल्टै अभद्र व्यवहार गरेको उनको भनाइ छ।
‘प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द गालीगलौज गरेपछि अभद्र व्यवहार मुद्वामा पक्राउ गरिएको छ’, उनले भने।
अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक रानाले जानकारी दिए।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’