पर्वत । जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९, कटुवाचौपारीबाट बिहीबार राति २ बजे पक्राउ गरी पत्रकार सम्मेलन मार्फत् शुक्रबार सार्वजनिक गरिएको हो । चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो ।
पक्राउ परेका परियारबाट नगद ११ लाख १५ हजार ४ सय ८५ र ३५ तोला ७२ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताएका छन् । अभियुक्तले आफू मात्र घटनामा संलग्न रहेको बताएपनि अन्यको पनि संलग्नता रहन सक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको भुषालले जानकारी दिए ।
स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु १० लाख १७ हजार नगद, रु १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि डीएसपी भुसालको टोलीले पक्राउ गरेको हो ।

परियारबाट नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड, दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान पनि बरामद गरिएको छ ।
त्यसैगरी, चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैङ्क, डिजिटल तौल मेसिन बरामद गरिएको छ ।
अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ ।
सुरुमा केन्द्रीय कारागार काठमाडौँ र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ ।
परियारलाई आज नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिए ।
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो