म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै चिया पसल तथा डेरीहरूले सुर्ती जन्य पदार्थ तथा चुरोट बिक्री नगर्न आग्रह गर्दै बिक्रीमा राखिएको खण्डमा सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ ।
बेनी नगरपालिकाले गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकबाट सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूम्रपान गर्ने बस्तु तमाखु (हुक्का) लाई प्रतिबन्ध गर्नका लागि नीतिगत निर्णय गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद–३ को गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड(ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता एवम् खण्ड (झ) आधारभूत र सरसफाइ अन्तरगत रही निर्णय गरेको बेनी नगरपालिकाले सूचनामार्फत जनाएको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले फागुन १६ देखि पूर्ण निषेध गर्ने कार्यपालिकाबाट निर्णय भएको जनाएको छ ।
नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिएमा कानुन अनुसार अधिकतम हुनेगरी कारबाही गरिने जनाएको छ ।

सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो