म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै चिया पसल तथा डेरीहरूले सुर्ती जन्य पदार्थ तथा चुरोट बिक्री नगर्न आग्रह गर्दै बिक्रीमा राखिएको खण्डमा सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ ।
बेनी नगरपालिकाले गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकबाट सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूम्रपान गर्ने बस्तु तमाखु (हुक्का) लाई प्रतिबन्ध गर्नका लागि नीतिगत निर्णय गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद–३ को गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड(ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता एवम् खण्ड (झ) आधारभूत र सरसफाइ अन्तरगत रही निर्णय गरेको बेनी नगरपालिकाले सूचनामार्फत जनाएको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले फागुन १६ देखि पूर्ण निषेध गर्ने कार्यपालिकाबाट निर्णय भएको जनाएको छ ।
नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिएमा कानुन अनुसार अधिकतम हुनेगरी कारबाही गरिने जनाएको छ ।
सम्बन्धित खबर
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
बेनीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दीको बेनीमा हुक्का सेवन गर्न निषेध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग