पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब, पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकाल देखि नै शिव ध्वनी निमार्ण गरिदै आएको श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाई गरिएको हो ।
सरसाफाई कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले समाजलाई अगाडी बढाउन सबै सघंसस्था क्रियासिल हुनु पर्ने बताए । क्लबको नयाँ नेतृत्वले सरसफाई मार्फत सामाजिक कार्यको शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै वडा मार्फत गर्नुपर्ने सबै साथ र सहयोग हुने बताए ।
वडा सदस्य अर्जुन बहादुर थापाले सामाजिक कार्यमा सबै एकतावद्घ हुनुपर्ने बताउदै सरसफाई कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमलाई श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति, पुष्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति, मासबार आमा समुह, महिला विकासका लागि आमा समुह, महिला क्लब पोखरा, पोखरीपाटन टोल विकास संस्था, सुगम गहन टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था लगाएतका मासबार क्षेत्रका संघ सस्थाहरुले ऐक्यवद्घता जनाएका थिए ।
कार्यक्रमको समापनका क्रममा सरसफाई कार्यक्रमा सहभागी सम्पुर्ण संघ सस्था तथा अग्रज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष मधु अधिकारीले समाज सेवा युवा क्लव सबै संघसंस्था सँग हातेमालो गर्र्दै युवाहरुलाई जागरुक गराउँदै सामाजिक कार्यमा क्रियाशिल रहन तयार भएको बताए । कार्यक्रमको संचालन क्लबका सचिव दिपिका पराजुलीेले गरेकी थिइन् । सरसफाईका क्रममा ५० बोरा प्लाष्टिक जन्य लगाएतका फोहोर संकलन भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन