जिसस कास्कीद्वारा क्षेत्र नं. एक र तीनका योजनाको अनुगमन

जिसस कास्कीद्वारा क्षेत्र नं. एक र तीनका योजनाको अनुगमन

1

पोखरा । जिल्ला समन्वय समिति कास्कीको टोलिले निर्वाचन क्षेत्र नं. ३ को योजनाको आइतबार अनुगमन सम्पन्न गरेको छ। प्रमुख लिलाधर पौडेलको नेतृत्वमा जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राविधिक कर्मचारी सम्मिलित टोलिले अनुगमन गरेको हो।

कास्की निर्वाचन क्षेत्र नं. ३ को पोखरा महानगर पालिका वडा नं. २३ मा नेपाल सरकार शहरी विकास मन्त्रालय एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर १२ करोड ४६ लाखको लागतमा निर्माणाधीन कोल्ड स्टोर, प्रदशनि हल र सामुदायिक भवन सहितको आयोजनाको अनुगमन गरिएको हो । जय नेपाल इश्वर निर्माण सेवा प्रा लि द्वारा निर्माण सुचारु उक्त आयोजनाको कार्य संतोषजनक पाइएको जिसस प्रमुख लिलाधर पौडेलले उल्लेख गरे । पौडेलले गुणस्तर र निर्माण अवधिको उचित खयाल गर्दै आयोजनाको काम अगाडि बढाउन आग्रह गरे।

२०८१ कार्तिक महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको तीस प्रतिशत बत्तीय र ४० प्रतिशत भौतिक प्रगती देखिएको संघीय आयोजना कार्यान्वयन इकाइ पोखराका प्रमुख सुरज पौडेलले जानकारी दिए।

त्यसैगरी कास्की निर्वाचन क्षेत्र नं. एक पोखरा महानगर पालिका वडा नं. १२ स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित रेट्रोफिटिङ आयोजनाको आइतबार नै अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ