नेपाल विद्यार्थी संघ, पोखरा महानगरपालिकाद्वारा आयोजित प्रथम वि.पि. स्मृति खुल्ला फुटसल कपको उपाधि मिलन टोलले जितेको छ ।
१६ टिमको सहभागिता रहेको प्रतियाेगिताको फाइनल खेलमा मिलन टोलले फ्रेस इलिमेन्टसलाई ३–१ गोलले पराजित गर्दै उपाधि सहित नगद ५५ हजार ५ सय ५५ हात पारेको हो ।
उपविजेता टोलीले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्चतम् गोलकर्तालाई समेत ट्रफीका साथ पुरस्कृत गरिएको थियो ।
गण्डकी प्रदेश सभासदस्य प्रकाश बरालले उद्घाटन गरेको प्रतियोगिताको समापन नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, क्षेत्रीय सहसचिब सितल अधिकारी, नेवि संघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एन।आर।एन।ए जापानका सचिब दिपेश केसी लगायत सहभागी थिए । लगायत ब्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
नेवि संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले प्रथम वि।पि। स्मृति फुटसल कप सम्पन्न गर्न सहयोग गरेका सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरे ।
सम्बन्धित खबर
शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
भोलि आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पूरा
उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा
सन्दीपले भने- ‘म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग