पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ ।
पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई संघको बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखा सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।
उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही), मनिता राई (सुनसरी), सविता तिवारी (गैडाकोट) सम्मानित भइसकेका छन् ।
तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् ।
यो वर्ष सम्मानित हुने तामाङ माछापुच्छे गाउँपालिका–९ कास्कीका वासिन्दा हुन् । पिता जुतबहादुर र माता फिस्टी तामाङको कोखबाट जन्मेकी उनी लामो समयदेखि खोज मिडियामा संलग्न छन् ।
विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभवसमेत रहेकी तामाङ भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोता हुन् ।
उनीसँग विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर कार्यसम्पादन गरेको अनुभवसमेत छ ।
तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोह बीच सम्मान अर्पण गरिने शाखा अध्यक्ष असफल गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’