पोखरा । गत फागुन १८ गते विद्यालयबाट घर फर्किनेक्रममा सेतीमा हामफालेका सुगम बास्तोलाको हालसम्म अवस्था थाहा हुन सकेको छैन ।
पोखरा महानगरपालिका वडा नं. ११ का १६ वर्षका सुगम फागुन १८ गते साँझ ५ बजेतिर सेती नदीमा हामफालेकोमा हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
नदीपुरस्थित सेती नदी माथिको पुरानो पुलबाट हामफालेर वेपत्ता सुगमको खोजीका लागि आफन्तको आग्रह बमोजिम सेती बाँध खोलेर खोजी गर्न लागिएको छ ।
सुगम पोखराको नदीपुरस्थित बाल मन्दिरमा कक्षा १० मा अध्ययनरत थिए । स्रोतका अनुसार उनकी आमाको २ वर्ष अघि नै क्यान्सरका कारण निधन भइसकेको छ । उनका बुबा र एक बहिनी छन् ।
एसईईका लागि तयारीमा रहेका सुगम सहितको साथीको सो दिन विद्यालयमा बिदाई कार्यक्रम थियो । उनले केटी साथीहरुसँग आज त म मर्ने दिन हो भनेर हिँडेका थिए । पर्स र मोबाइल झिकेर फाल्दै बाईबाई गरेर पुलतिर गएको साथीहरुले बताएका छन् ।
उनले पुल नजिकै पुगेर एक महिलासँग ‘यहाँबाट हाम्फाल्दा मरिन्छ कि मरिँदैन अण्टी ?’ भनेर सोधेछन् । ति महिलाले ‘यहाँबाट हाम्फालेको त कोहि बाँचेका छैनन्’ भनेपछि पुलमा गएर ढुंगा हानेर एकछिनपछि पुलबाट हाम्फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुगम हाम्फालेको सीसी टिभी फुटेजमा देखिएको छ । खोजी कार्यमा जुटेका प्रहरीका अनुसार भित्तामा रगत देखिएको छ ।
कास्की प्रहरीले भोलि मंगलबार सेती नदी बाँध खोल्ने भन्दै सूचित गरेको छ । नदीमा पानीका बहाव बढाएर वेपत्ताको खोजी गर्न लागिएको छ । मंगलबार बिहान १० देखि दिउँसाे २ बजेसम्म बाँध खोलिने हुँदा सेती नदी आसपास नजान र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ