पोखरा/नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् ।
स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो ।
भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।
खुला पुरुषतर्फ आभान विजेता हुँदा सुजन आचार्य द्वितीय, आरभ श्रेष्ठ र शक्ति शर्मा तृतीय भए । महिला विधामा आशुका रञ्जित द्वितीय, करिश्मा वली र अमिषा भण्डारी तृतीय भए । बिगिनर्समा रिजन बुद्धाचार्य द्वितीय, जेम्स शाक्य र प्रसुन बुद्धाचार्य तृतीय भए ।
प्रतियोगितामा प्रथम हुनेले मेडल र प्रमाणपत्रसहित समान ८/८ हजार रूपैयाँ प्राप्त गरे । द्वितीय हुनेले ४/४ हजार रुपैयाँ र तृतीय भएका दुईजनाले २/२ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदार, स्क्वास ¥याकेट एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखे, महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, स्क्वास ¥याकेट एसोसिएसन गण्डकी अध्यक्ष अशोक रञ्जितले नगद, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा ३८ जना खेलाडी सहभागी भएको स्क्वास ¥याकेट एसोसिएसन कास्की सचिव सन्तोष घिमिरेले जानकारी दिए ।
समापनका कार्यक्रममा स्क्वास खेलाडी टकबहादुर तिलिजाले स्कवास खेलको विकासका लागि तीन थान ¥याकेट स्क्वास ¥याकेट एसोसिएसन कास्कीलाई हस्तान्तरण गरेका थिए ।
सम्बन्धित खबर
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
भोलि आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पूरा
उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग