पोखरा । कास्कीमा स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गरी स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको हो ।
‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ,’ प्रहरीले सूचनामा भनेको छ ।
अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । ‘स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, ईन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।
यस्तै, मोटरसाइकलको स्वरुप फेर्ने सवारी धनीसँगै उनीहरुलाई सघाउने ग्यारेज वर्कसप सञ्चालकलाई समेत नियन्त्रणमा लिई कानून बमोजिम कारवाही हुने जनएको छ ।
कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हालसम्म ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल र मोटरसाइकलको स्वरुप परिवर्तन गर्न सघाउने पोखराका ८ वटा वर्कसपलाई कारवाही गरिसकेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो