पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगिता दोस्रो दिन ७ खेल भएका छन् ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भेट्रान्सतर्फ १ र पुरुषतर्फ ६ खेल भएको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । भेट्रान्सतर्फको खेलमा सात गाउँ पुन मगर समाजले रामबजारलाई पराजित गरेको उनले बताए ।
पुरुषतर्फको खेलमा खेलमा सात गाउँ पुन मगर समाजलाई गलेश्वर बास्केटबल क्बलले हरायो । दोस्रो खेलमा आयोजक पुन युनाइटेड क्लबलाई रामबजारले पारजित गर्यो ।
बुधबारको खेलमा मर्दीखोलाको २ टिम अघि बढ्यो । जसमा मर्दीखोला मरुनले घोरेपानीलाई र मर्दीखोला ओरन्जले आउटसाइडलाई पराजित ग¥यो । अर्को खेलमा चिमखोलालाई स्वाँतले हरायो । भने, अन्तिम खेलमा क्याङले घान्द्रुकलाई हराएर अघि बढ्यो ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६ र पुरुषतर्फ १९ टिमको सहभागिता छ । महिला टिमको अन्तिम टुंगो बिहीबार लागेपछि खेलतालिका सार्वजनिक गरिने उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन