पोखरा । शिवरात्री पर्वको पावन अवसरमा संस्कृत मा.वि. भीमकालीपाटनस्थित यस क्षेत्रकै अग्लो तथा ठूलो ज्ञानेश्वर शिवपाञ्चायन मन्दिरमा आज विधिपूर्वक विशेष शिव पूजन, सम्मान तथा छात्रबृत्ति वितरण गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षा अन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार रुपैयाँ एवम् अन्य अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्ति रकम ३९ जनालाई गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका सहयोगदाताहरु जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एन प्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरा लगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताए ।
विद्यालयको सर्वाङ्गिण विकासमा बर्तमान व्यवस्थापन समितिको योगदान विशिष्ट रहेको उल्लेख गर्दै उहाँले विद्यालयको वृत्तिविकासमा महानगरपालिकाको समेत ध्यान जाने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कलादेवी बराल, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाताहरु हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय मा.वि. का व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका वडा नं २ का सदस्य गोमा सुवेदी लगायतले बोल्नुुभएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन