प्रहरीसँग विवाद गरेको भन्दै लेकसाइडका एक रेष्टुरेण्ट सञ्चालकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पोखरा वडा नं. ३० लेखनाथ घर भई लेकसाइड ओजन गल्लीमा बिर्यानी फास्ट फुड रेष्टुरेण्ट सञ्चालन गर्दै आएका ३० वर्षीय निर्मल गौतम रहेका छन् ।
अदालतको आदेश भन्दै मध्यरातसम्म मदिरा बेचविखन गरी होहल्ला हुने किसिमले उनले व्यवसाय सञ्चालन गरेको प्रहरीको जिकिर छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले प्रहरीसँग विवाद गरी धम्की दिने रेष्टुरेण्टका संचालक गौतमलाई पक्राउ गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनका अनुसार फागुन २६ गते मध्यरातको समयमा युवा युवतीहरुवीच मदिरा सेवन गरी होहल्ला अशान्ति भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्न खोज्दा उक्त रेष्टुरेन्टका संचालक गौतमले आफूसँग अदालतको आदेश भएकोले प्रहरीले समेत केही गर्न नसक्ने भन्दै उल्टै प्रहरीलाई नै गालीगलौज गरी धम्की दिएकोले गौतमलाई तत्कालै पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वका कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डीएसपी श्रेष्ठले जनाए ।
सम्बन्धित खबर
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग