पोखरा महानगरपालिका–२९ भण्डारढिकमा आगामी चैत ३ देखि ११ गतेसम्म हुने खेल महोत्सव २०८० को तयारी तीव्र पारिएको छ ।
सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र पारिएको नेपाल खेलकुद महासंघ गण्डकीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।
पुनका अनुसार महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
फागुन १९ गते नै एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । यस्तै, फागुन २६ देखि विद्यालय स्तरीय नृत्य प्रतियोगिता सुरु भइसकेको छ । खेल महोत्सव चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयस्तरीय प्रतियोगिता निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन भएको हो ।
चैत ३ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय नृत्य प्रतियोगितामा विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् ।
महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रर्दशनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता, चैत्र ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत्र ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ ।
खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
विद्यालयस्तरीय प्रतियोगितादेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता मुख्य आकर्षण छन् । खेल महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने अध्यक्ष पुनले जानकारी दिए ।
१६ टीमको सहभागिता रहने फुटबल प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३, उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका अध्यक्ष पुनले बताए ।
खेल महोत्सवमा आयोजनामा गरिएको विद्यालयस्तरीय प्रतियो्गिता भने निर्धारित मिति भन्दा अगाडि नै आयोजना गर्न लागेको उनले बताए । जसमा कास्की जिल्लाका विद्यालयस्तरीय ५ किलोमिटर दौड, खुल्ला र ४५ वर्ष माथि भेट्रान ५ किलोमिटर दौड प्रतियोगिता फागुन १९ गते सञ्चालन हुने बताए । तीन विधाका विजेताले ७ , उपविजेताले ५ तेस्रो हुने प्रतियोगीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, खेल महोत्सवमा गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् । खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।
यस्तै, विभिन्न संघसंस्थास्तरीय झाँकी प्रर्दशनी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ पुरस्का प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचारः
पोखराकाे भण्डारढिकमा ‘सूर्य तारा नेकोस खेल महोत्सव’ चैत ३ देखि

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन