बुटवलका पत्रकार प्रकाश डुम्रेले पोखरामा देखेको नमिठो अनुभवलाई यसरी सार्वजनिक गरे ।
https://www.facebook.com/prakashdumre2/posts/1811340798948776
पोखरामा फुटपाथ हटिसक्यो । यदाकदा चाहिँ देखिन्छन् । तर, फुटपाथमा फुटपाथे व्यापारी पो हटे, सटरवाला व्यापारी भने फुटपाथ नै मेरै हो भन्ने सोच हावी छ । फुटपाथ हटेको आभाष नै हुन्न । यस्तालाई केहि गर्न सक्दैन महानगरका खैरौ पोशाकधारी ‘नगर प्रहरी’ ।
प्रहरी नाम जोडिएका यी खैरे पोशाकधारीहरुलाई डोकामा सकी नसकी फलफूल तरकारी बोकेर हिँडेका महिला, बृद्धा भने देख्नै हुन्न । हेर्नेलाई समेत लाज हुने गरी लछारपछार पार्छन्, सामान खोस्छन्, लैजान्छन् । त्यसको लागि निश्चित जरिवाना तिरेर सामान फिर्ता पाउनुपर्छ । तर फिर्ता हुने सामान लगेको भन्दा आधा नै कम हुने गुनासो उनीहरुको छ ।सो सम्बन्धी प्रमाणहरु प्रशस्त छ । बाँकी फलफूल तरकारी चाहिँ महानगरका यी प्रहरी र कर्मचारीले कता लैजान्छन् ?
फुथपाथ मुक्त पोखरामा सडकमा व्यापार गर्न पाईंदैन । तर, के नियम यिनीहरुलाई मात्र लाग्ने हो ? नियममा प्रहरी चाहिँ आफै चल्नुपर्दैन ? महिला बृद्धामाथि हातपात गरेकै शैलीमा दादागिरी देखाउन कुन नियममा छ ? नियन्त्रणमा लिइएका सामान कता छन् ? यस सम्बन्धमा अप्रेशन गर्नै बाँकी छ ।
महानगरबाट भएका यो मनोमानी दादागिरी अन्त्य गरी नियमानुसार, सबैलाई एकै नियम लागू गराउन हामी खबरदारी गरिरहनेछौं । फुटपाथ पैदलयात्रुको हो, सटर व्यापारीलाई छुट, महिला बुढाबुढीलाई भने यस्तो हर्कत हुँदै होईन । यी प्रहरीले सामान कता लैजान्छन् ? बुढाबुढी र महिला देख्नै नहुने यिनीहरुको नियत के हो ? यस सम्बन्धी फलोअप अब सुरु हुनेछ ।
http://gandaknews.com/police-act/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’