पोखरा महानगरले चैत ४ गते आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ । सो दिन पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् । आइतबार र्यालीसहित बाराही घाटमा हुने विशेष समारोहमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी छ ।
पोखराको थप प्रवद्र्धन गर्न र पर्यटनकै माध्यमबाट विकास गर्ने उद्देश्यले औपचारिक रुपमा यसलाई पर्यटनको राजधानी घोषणा घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगको आयोजनामा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।
०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य प्रदेश सरकार, स्थानीय तहहरु, संघ, संस्था र सरोकारवालाको संलग्नतामा पर्यटकीय राजधानी घोषणा हुने बताउनुहुन्छ । पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्ने तयारी छ ।
‘पोखरा प्रदेशको राजधानीमात्र होइन, हामी ग्रेटर पोखराको अवधारणामा छौं, सबै स्थानीय तह, संघ सरकार, पोखरेलीसहित सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु