पोखरा महानगरले चैत ४ गते आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ । सो दिन पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् । आइतबार र्यालीसहित बाराही घाटमा हुने विशेष समारोहमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी छ ।
पोखराको थप प्रवद्र्धन गर्न र पर्यटनकै माध्यमबाट विकास गर्ने उद्देश्यले औपचारिक रुपमा यसलाई पर्यटनको राजधानी घोषणा घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगको आयोजनामा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।
०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य प्रदेश सरकार, स्थानीय तहहरु, संघ, संस्था र सरोकारवालाको संलग्नतामा पर्यटकीय राजधानी घोषणा हुने बताउनुहुन्छ । पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्ने तयारी छ ।
‘पोखरा प्रदेशको राजधानीमात्र होइन, हामी ग्रेटर पोखराको अवधारणामा छौं, सबै स्थानीय तह, संघ सरकार, पोखरेलीसहित सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’