पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।
गतवर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेल सँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए । छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने उनले बताए ।
यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
यस्तै महासंघ कास्कीको शुक्रबार कै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ ।
पोखरा पत्रकारिता सम्मान २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन् । पत्रकार पराजुलीलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
साही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती/राजु भण्डारी) लाई सम्मान पत्रले सम्मान गरिने महासंघले जानकारी दिएको छ ।
पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ