पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।
गतवर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेल सँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए । छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने उनले बताए ।
यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
यस्तै महासंघ कास्कीको शुक्रबार कै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ ।
पोखरा पत्रकारिता सम्मान २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन् । पत्रकार पराजुलीलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
साही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती/राजु भण्डारी) लाई सम्मान पत्रले सम्मान गरिने महासंघले जानकारी दिएको छ ।
पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?