पोखरा महानगरपालिका वडा नं. ७ स्थित माछापुच्छ्रे टोल विकास संस्थाले त्यहाँ निर्मित बुटिक चौतारा र राखिएका बेन्च उद्घाटन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राममोहन आचार्यले यस टोललाई नमुना टोल घोषणा गर्न तोकिएका मापदण्ड पूरा गर्नुपर्ने भएकाले त्यसमा लागिपर्न आग्रह गर्दै माछापुच्छ्रे टोल वडाकै उत्कृष्ट टोल रहेको बताए ।
टोलका सल्लाहकार समेत रहेका सहयोगदाता ओम गौचनले टोलबासी सबै मिलेर बस्नुपर्ने र नमुना टोल बनाउन अग्रसर हुनुपर्ने बताए ।
वडा सदस्य अर्जुन थापाले वडाबाट टोकन रकम दिएकोमा टोलबासी आफैले सहयोग जुटाएर उत्कृष्ट र राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरे । पूर्व वडा सदस्य दिनबन्धु पौडेलले छोटो समयमा टोलले राम्रो काम गरेको बताए ।
कार्यक्रममा सल्लाहकार अमृत बराल, सहयोगदाता रमानन्द पौडेल, माछापुच्छ्रे टोल महिला क्लब अध्यक्ष गीता पौडेलले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगीता खनाल शर्माले गरिन् । उनले चौतारी बनाउँदा १ लाख र बेञ्चमा ६१ हजार खर्च भएको बताइन् ।
चन्द्र, रुमिला शेचनले बुबा आमाको स्मृतिमा ५० हजार र वडा तथा वडाबासीबाट सहयोग सकंलन गरी चौतारी बनाइएको उनले जानकारी दिइन् ।
अध्यक्ष मित्र बन्धु शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हेमलाल श्रेष्ठले स्वागत तथा सचिव लोकनाथ आचार्यले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन