पोखरा महानगरपालिका वडा नं. ७ स्थित माछापुच्छ्रे टोल विकास संस्थाले त्यहाँ निर्मित बुटिक चौतारा र राखिएका बेन्च उद्घाटन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राममोहन आचार्यले यस टोललाई नमुना टोल घोषणा गर्न तोकिएका मापदण्ड पूरा गर्नुपर्ने भएकाले त्यसमा लागिपर्न आग्रह गर्दै माछापुच्छ्रे टोल वडाकै उत्कृष्ट टोल रहेको बताए ।
टोलका सल्लाहकार समेत रहेका सहयोगदाता ओम गौचनले टोलबासी सबै मिलेर बस्नुपर्ने र नमुना टोल बनाउन अग्रसर हुनुपर्ने बताए ।
वडा सदस्य अर्जुन थापाले वडाबाट टोकन रकम दिएकोमा टोलबासी आफैले सहयोग जुटाएर उत्कृष्ट र राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरे । पूर्व वडा सदस्य दिनबन्धु पौडेलले छोटो समयमा टोलले राम्रो काम गरेको बताए ।
कार्यक्रममा सल्लाहकार अमृत बराल, सहयोगदाता रमानन्द पौडेल, माछापुच्छ्रे टोल महिला क्लब अध्यक्ष गीता पौडेलले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगीता खनाल शर्माले गरिन् । उनले चौतारी बनाउँदा १ लाख र बेञ्चमा ६१ हजार खर्च भएको बताइन् ।
चन्द्र, रुमिला शेचनले बुबा आमाको स्मृतिमा ५० हजार र वडा तथा वडाबासीबाट सहयोग सकंलन गरी चौतारी बनाइएको उनले जानकारी दिइन् ।
अध्यक्ष मित्र बन्धु शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हेमलाल श्रेष्ठले स्वागत तथा सचिव लोकनाथ आचार्यले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ