पोखरा । पठाओ, टुटल, इनड्राइभ जस्ता राइड शेयरिङ माध्यमलाई नियमन गर्ने कानून नै बन्न नेपालमा सकेको छैन । उच्च अदालत पाटनले कानून बनाएर नियमन गर्न भन्दै २९ माघ २०७६ मा दिएको आदेश अहिलेसम्म कार्यान्वयन नभएको अवस्था छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नपाइने र एक प्रयोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रयोजनमा प्रयोग गर्न नहुने व्यवस्था छ । यसै कारण देखाउँदै राईडरहरुमाथि ट्याक्सी तथा सार्वजनिक सवारीका चालकहरु खनिन्छन् ।
नेपालमा हाल जीपीएस तथा डिजिटल प्लेटफर्मको उपयोग गरी २५ ओटा राइड शेयरिङ कम्पनी सञ्चालनमा रहेको बताइन्छ । टुटल र पठाओमा झण्डै ५० हजार राइडर आबद्ध छन् । ईनड्राइभ जस्ता नेपालमा कार्यालय नै नभएको एप चलाउनेहरु उत्तिकै छन् ।
अधिंकाश युवा राइडर रहेका तथ्यांक छ । टुटल र पठाओकै कारण उनीहरूले स्वदेशमै रोजगारी पाएका छन् । सार्वजनिक सवारी साधन समयअनुकूल चल्न नसकेका कारण टुटल–पठाओ प्रयोगकर्ता बढेका हुन् ।
हजारौँले रोजगारी पाएका पठाओ–टुटललाई बन्द होइन, कानुनी दायरामा ल्याएर व्यवस्थापन गर्नुपर्ने टड्कारो अवस्था छ ।
पोखरामा रहेर विभिन्न राईड शेयरिङ एप् मार्फत् यात्रु बोक्दै आएकाको समूहको एक भेला आज पोखरामा बस्यो । करिब ५ सय राईडरहरु सहभागी वृहत भेलामा पनि यही विषय उठ्यो ।
अनिल श्रेष्ठको संयोजकत्व तथा सुनिल भुजेलको अध्यक्षतामा भएको भेलामा वक्ताहरुले राईड शेयरिङ एपलाई चाँडो भन्दा चाँडो बैधानिकता दिएर कानुनसम्मत नीतिनियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अनिल श्रेष्ठसँगै सिर्जन गोम्जा तामाङ, खेम थापा, शैलेन्द्र केसी, किशोर गुरुङ, मिनकाजी गुरुङ, अनुप केसी, सुन्दर वाग्ले लगायतले बोले ।
उनीहरुले राईड शेयरिङ सेवामुखी काम भएको हुँदा यसलाई गैरकानुनी मान्नु गलत भएको भन्दै सरकारका केही प्रयास प्रशंसनीय रहेको पनि बताए ।
गण्डकीका निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेशम जुग्जालीले वैधानिक बनाउने बताउँदा आफूहरु उत्साही बनेको उल्लेख गर्दै उनीहरुले अबको सरकारलाई कानुन बनाउन आग्रह गरे ।
सरकारले राईड शेयरिङलाई बैधानिकता दिई आवश्यक नियमन गरेको खण्डमा आफूहरुले सरकारलाई नियमानुसार आयकर तिर्नेपनि उनीहरुको भनाई छ ।
उक्त भेलामा पोखरामा रही युवाहरुलाई उत्साहित गरी स्वरोजगार भई आत्मनिर्भर बन्न प्रेरित गरेकोमा अनिल श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
भेलाले सुनिल भुजेलको अध्यक्षतामा १८ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य समितिका बरिष्ठ उपाध्यक्ष कुमार राना, कार्यक्रममाथि प्रकाश बिनोद ढुंगाना र सञ्चालन सचिव रिजोन बस्ताकोटीले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन