पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखराकोमा सम्पन्न दास्रो महाधिवेशनबाट थापा डिष्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।
डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन बर्ष २०२४/०२५ का लागि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्व अध्यक्ष हुन् । महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
विगत १४ वर्षदेखि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफना जिम्मेवारी सम्हाल्दै आएकी थापालाई डिष्ट्रिक्ट ३२५ जे नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीले दुई बर्ष पहिले अगाडी बढाएको थियो ।
थापा सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेकी छन् । उनी करिव एकदर्जन भन्दा बढी संघ संस्थामा आबद्ध रहेकी छन् ।
महाधिबेशनबाट डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मिलन बाबु मल्ल निर्वाचित भएका छन् । मल्ल लायन्स क्लब अफ काठमाडौं बनस्थलीका पूर्व अध्यक्ष हुन् । डिष्ट्रिक्टको द्वितीय भाइस गभर्नरमा प्रजापति बास्तोला निर्वाचित भएका छन् । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् ।
यसैबीच गभर्ननरमा निर्वाचित मिलन थापाले आफूलाई विश्वास गरी गभर्नर निर्वाचित गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकाल महिला उद्यमशीलता तथा युवाहरुलाई लक्षित गरी लागू औषध न्युनीकरण अभियानमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै थापाले आफ्नो कार्यकालका लागि डिष्ट्रिक सचिबमा कृष्ण बहादुर अधिकारीलाइ मनोनित गरेकी छन । अधिकारी पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् । त्यस्तै डिष्ट्रिक ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाइ गभर्नर थापाले मनोनीत गरेकी छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’