पोखरा । तीन दिन बित्यो, अझैसम्म परिचय खुल्न सकेको छैन । फिस्टेल हस्पिटलको आइसियूमै उपचाररत छन् उनी । पोखराको चाईनापुलमा बसको ठक्करबाट घाईते यी व्यक्तिको अझै पनि परिचय खुलेको छैन ।
शनिबार साँझ साढे बजेको समयमा अम्मरसिंहचोबाट पृथ्वीचोक तर्फ आउँदै गरेको पोखरा माइक्रोको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोक्किन पुग्दा उनी घाईते भएको समितिको भनाई छ । उनी अहिलेसम्म अचेत छन् र हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ ।
उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यका अनुसार उनको टाउकोमा गहिरो चोट लागेका कारण हेड ईन्जुरी भएको छ । उनको आजै साँझ शलयकृया गर्ने समेत तयारी भएको डा.कर्मचार्यले जनाए । हालसम्म उनी अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउँदा बसधनी तथा समितिलाई असहज भएको बसधनी फडिन्द्र बरालको भनाई छ ।
यी व्यक्तिलाई चिन्ने जान्नेले नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवी कुईंकेलको मोबाईल नम्बर ९८५६०२६०५० तथा बसधनी बराललाई ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ । उक्त बस र चालक कास्की प्रहरीको नियन्त्रणमा रहेको छ ।
तस्विरः दिननाथ बराल
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए