पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास सँगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । पछिल्लो समय युवापुस्ता मोबाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विद्यालयका शिक्षक, पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्व सँगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताए ।
वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताए । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताए । पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताए । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता जानाइन् । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गरेका थिए । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ, घलेल, कोलेली, लुमे्र लागायतका गाउँबाट १६ जनाको सहभागिता थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन