पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास सँगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । पछिल्लो समय युवापुस्ता मोबाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विद्यालयका शिक्षक, पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्व सँगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताए ।
वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताए । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताए । पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताए । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता जानाइन् । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गरेका थिए । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ, घलेल, कोलेली, लुमे्र लागायतका गाउँबाट १६ जनाको सहभागिता थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’