पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबार पनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदर लगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।
शनिबार नखुल्दा पोखरा आसपास सँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुम लगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक तथा खुद्रा सामानहरु खरिद गर्न आउने ग्राहकहरु मरमा परेकाले उनीहरुलाई सहज बनाउनपनि शनिबार व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । व्यवसाय खुल्ला गर्ने निर्णय गरिए पनि बाध्यकारी नभएको उनको भनाई छ । हाम्रो आग्रह खोल्नूस् भन्ने हो,उनले भने,‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’
यसैबीच, समितिले नया वर्ष २०८० को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकालाई समेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका बरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छवीलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लाहरुमा पुगेर बजार प्रवद्र्धन गर्ने उनले बताए । क्यालेन्डर बजार प्रवद्र्धन गर्नका लागि कोशेढुंगा सावित हुनेछ,उनले भने, ‘आक्रामक मार्केटिङमार्फत सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्राण्ड बनाउनेछौं ।’
समितिले नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गर्ने भएको छ । चैतको अन्तिम साता वा बैशाखको पहिलो साता पारेर शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन एकसाथ गर्ने तयारी गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
समितिले नया वर्षको अवसरमा बालबालिका तथा प्रौढहरुका लागि स्पोर्ट्स मिटसमेत गर्ने तयारी गरेको छ । सर्वेश्वर व्यवसायी समितिमा आबद्ध व्यवसायी तथा तिनका छोराछोरीहरुलाई आपसमा घुलमिल गराउँदै भातृत्व भावनाको विकास गराउने उद्देश्यले स्पोटर््स मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्पोर्ट्स मिटमा छात्र÷छात्राका लागि छुट्टाछुट्टै रिले दौड, एक सय मिटर दौड, प्रौढ तथा बालबालिका दुबैका लागि फुटसल, व्याडमिन्टन लगायतका खेल खेलाईनेछ ।
सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्नेगरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाईने सर्वेश्वर मार्गका व्यवसायी बताउँछन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन