पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ ।
यस पटक होलीको दिन चैत्र ११ गते आइतवार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।
अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक, खहरेचोक सम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले विगत १७ वर्ष देखि यो महोत्सवको आयोजना गर्दै आएको छ ।
होली महोत्सवलाई व्यवस्थित तथा अनुशासित बनाउन रेवान पोखराले प्रशासन कार्यालय तथा सम्वन्धित निकायहरुसँग छलफल गरिसकेको रेवान पोखराले जनाएको छ ।
होली पर्व मिलनको पर्व, दुःख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्व पनि हो ।
सम्बन्धित खबर
अर्जुनचौपारीले विद्यालयमा नि:शुल्क रक्त समूह पहिचान गराउने
घलेगाउँ-भुजुङ सडक कालोपत्र
पोखराको विद्यालय तोडफोड गरी ल्याप्टप चोरी गरेको आरोपमा ४ बालक प्रकाउ
चेक बाउन्सः व्यवसायी र प्रहरी दुबै हैरान
पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट
श्रष्टा नरहरि भट्टराईको उपन्यास ‘शान्ति’ लोकार्पण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग