कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी निर्वाचित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न संघको साधारणसभा तथा अधिवेशनले उनलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिबेशनले ९ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ र कोषाध्यक्षमा कमल बहादुर नेपाली निर्वाचित भएका छन् ।
कार्यसमित सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशामिंया श्रीमल र एलिना सापकोटा रहेका छन् ।
यस अघि उक्त साधारणसभा तथा अधिवेशनको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियाले गरेका थिए । कार्यक्रममा पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदारलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेता खेलाडी हिक्मत विक र प्रशिक्षक धन थापालाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात
गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु
सन्दीपको निलम्बन फुकुवा, टी-२० विश्वकप खेल्ने बाटो खुल्यो
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु
पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग