पोखरा महानगरपालिका वडा नं. ९ कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे ।
सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं. वडा कार्यालयलले चासो देखाउँदै सरकारी विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ ? भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलन गरिएको वडा सचिव कुलराज पौड्यालले जानकारी दिए ।
गोष्ठीमा तीन समूहले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोलविकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गरी प्रस्तुतिमा आएका सुझावहरूलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न गराउन सहमत भई वडा अध्यक्ष मर्सानी, सदस्यहरू गिता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।
वडा कार्यालयले प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक बजेट र लगानी गर्ने घोषणा गरेको छ ।

महेन्द्र माध्यमिक विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, प्रधानाध्यापक रामदत्त पौडेल, नवप्रभावत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिती पाण्डे, प्रधानाध्यापक मायाकुमारी थापा, सहरा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले ९ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै नयाँ शैक्षिक २०८१ बाट शैक्षिक गुणस्तर अभिवृद्धि र एकरुपताका लागि सहमति जनाएका हुन् ।
प्रतिवद्धतामा ९ नं. वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत् अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागु गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आर्य आर्जनका लागि सिपमुलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एकरूपताको लागि एकै प्रकारको व्याचको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
टोलविकास संस्था वडा समन्वय समिति पोखरा ९ को समन्वयमा आयोजित गोष्ठीमा अध्यक्ष उत्तम जोशी, वडा बाल मञ्चकी उपाध्यक्ष परी बस्नेत, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, नवप्रभात माध्यमिक विद्यालयक व्यवस्थापन समितका अध्यक्ष प्रिती पाण्डे, सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मी, सञ्चारकर्मी सुरेश रानाभाट, शिक्षक जितबहादुर खनाल, रुपा केसी लगायतका वक्ताले वडाभित्रका ३ वटा सरकारी विद्यालयको सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडाले गरेको पहल प्रशसनीय रहेको धारणा राखे ।
वडा अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा वडा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव कुलराल पौड्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी