पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् ।
बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका हुन् । त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।
खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।

अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्षका उम्मेदवार बैनबहादुरले अनेरास्ववियु र पार्टीको गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको बताए ।
अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए ।
अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । उनले गुटको राजनीतिका विरुद्ध आफूले उम्मेदवारी दिएको बताए ।
अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको गराउने तयारी भइरहेको छ । यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने छ । ९ सय ३५ जना प्रतिनिधिले मत खसाल्नेछन् ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो