पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
हिजो मंगलबार बेलुकी ७ः४० बजेबाट सुरु भएको मतदानमा अहिले बिहान ११ बजिसक्दा १६ घण्टामा जम्मा ६ सय २० जनाले मत हालेको निर्वाचन समिति सदस्य शंकर सैंजुले जानकारी दिए ।

कूल ९ सय ३५ जनाले मत हाल्नेछन् । अझै ३ सय बढीले मत हाल्दा यही हिसाबमा बेलुकी ७ बज्न पनि सक्छ । सैंजुले भने – ‘२ बजे सकिन्छ कि भन्ने हाम्रो अपेक्षा हो । २ बजे सकिएमा ३ बजे नतिजा आउँछ ।’
युवाहरु र उम्मेदवारहरु प्रायः बाँकी रहेकाले राति भन्दा चाँडै सकिने अपेक्षा गरिएको हो ।
विद्युतीय रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक नवराज पाण्डे मतदान स्थलमै खटिएका छन् । उनका अनुसार एक जनाले १ सय २२ नाम चुन्दा चाँडोमा ९ मिनेट लाग्छ । तर, डेढ घण्टासम्म लगाइदिने पनि गरिएको उनले सुनाए ।

१६ वटा मेसिन रहेकाले बढीमा ८ घण्टामा सबै सकिनुपर्ने भन्दै पाण्डेले निकै लामो समय लगाइदिएको बताए ।
मतदानस्थल पोखरा सभागृहको मूल गेटमा घण्टौं लाइन बसेर पुनः सभागृहभित्र पनि घण्टौं लाइन बस्न परेको छ । हिजो बेलुकी ९ बजे मूख्य गेटमा लाइन बस्नेले बिहान ६ बजे मतदान गर्न पाएका छन् । पानीको पर्वाह नगरी मतदाताहरु लाइनमा उभिएका थिए ।
अध्यक्षका लागि तीन जनाबीच चुनाव भइरहेको छ । बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला, विवेक त्रिपाठी प्रतिष्पर्धामा छन् । बैनबहादुर र माधवको प्यानल नै छ ।
बैनबहादुर स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका र माधव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र हुन् । विवेकले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी फिर्ता लिएनन् ।
खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।
खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।
यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्नेछ । ९ सय ३५ जना प्रतिनिधिले मत खसाल्नेछन् ।

मूल गेटमा ३ घण्टासम्म उभिएर सभागृह भित्र पनि ३-४ घण्टा पर्खनुपरेका प्रतिनिधि
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन