पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवर्द्धक रहने गरी सम्झौता भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी २१ वैशाखमा पोखरा सभागृहमा स्पोर्टस् अवार्ड गर्दैछ । बुधबार मञ्चतर्फबाट अध्यक्ष दीननाथ बराल र बोर्डतर्फबाट नि.प्रमुख नवीन पोखरेल, वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा मञ्च सदस्य रोहितराज पराजुलीसमेत उपस्थित थिए ।
सो अवसरमा बोर्डका नि.प्रमुख नवीन पोखरेलले गण्डकी प्रदेशको खेल पर्यटन प्रवर्द्धक गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको बताए । सहयोगप्रति आयोजक मञ्च अध्यक्ष बरालले आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको बताए।
मझेरी रिसोर्ट एण्ड स्पाले होटल पाटर्नर रहने भएको छ । राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्टस् लगायत संघसंस्थाले सहयोग गर्ने सम्झौता भइसकेको मञ्चले जनायो ।
समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड दिइने मञ्च महासचिव राजाराम पौडेलले बताए ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो