काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहालसहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका छन् ।
मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् ।
४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । ‘छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि बाबु समेत रहेका कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएको बताए पछि विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारी सहित अध्ययनको वातावरण मिलाएको थियो’–विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले भने–‘यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन पाएका पनि रहेनछन् । अहिले चाहना गरे पछि वातावरण बनायौं । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागि भएका छन् । ’
काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराको परीक्षा केन्द्र सर्वमंगला मावी पाँचखाल रहेको छ भने छोरी मनिषाको केन्द्र दुधेश्वर मावीमा रहेको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’