पोखरा । समाचार लेखेको विषयमा पत्रकार फणिन्द्र अधिकारी र उनका परिवारलाई धम्की दिइएको भन्दै पोखरा २२ का व्यवसायी मेखबहादुर क्षेत्री (राजु)लाई कारवाही गर्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्कीले माग गरेको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिका महासचिव सन्तोष गौतम र जिल्ला समिति कास्कीका सचिव पुष्प दाहालले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक पत्रकारिता पेशा गर्न पाउने अवस्थाको सिर्जना गराउन सम्बन्धित पक्षसँग माग पनि गरेको छ ।
गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका लेखनाथ समाचारदाता र नेपाल दूत डटकमका सम्पादक फणिन्द्र अकिञ्चनले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने २२ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले चैत १३ गते कास्की जिल्ला अदालतमा २२ जना विरुद्ध दायर गरेको मुद्दाका विषयमा समाचार लेखेका थिए ।
सोही समाचारको विषयलाई लिएर यही चैत १६ गते मुद्दाका मुख्य आरोपी मेखबहादुर क्षेत्री (राजु)ले पत्रकार फणिन्द्र र उनको परिवारका सदस्यलाई फोन र म्यासेज गरेर धम्क्याएको पत्रकार अधिकारीले जानकारी दिएका छन् ।
अदालतमा सरकारी निकायले मुद्दा दर्ता गरेको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की दिनु दुःखद र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल लगायत नियमनकारी निकायमा उजुरी गरेर कानुनी उपचार खोज्न पाउने व्यवस्था हुँदाहुँदैं पत्रकारलाई धम्काईएको भन्दैं प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।


सम्बन्धित समाचारः
पत्रकार अकिञ्चनमाथि कार्यक्रममै दुर्व्यवहार, महासंघ, चौतारी, सेन्टरद्वारा आपत्ति
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन